२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले संस्थापक सेयरधनी गणपति वनस्पति प्रालि, ताराप्रसाद भट्टराई, इन्सान भट्टराई र रञ्जना उदासको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बिक्रीमा रखिएको संस्थापक सेयरमा सेयरधनी गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार रहेको छ।

विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने सो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com