२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

भूगोल इनर्जीको आईपीओ बिक्री खुला

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ आज (सोमबार)देखि बिक्री खुला भएको छ। कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्न लागेको हो।

आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओको बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २५ गते गतेसम्म आवेदन दिन पाउने छन् भने स्थानीयले छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गतेसम्म बैंकिङ समयमा आवेदन दिन सकिने छ। स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com