२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

एनएमबि डिबेन्चर २०८९/२०९० जारी गर्दै एनएमबि बैंक

एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला हुने भएको छ। बैंकले १० वर्षे अवधिको ‘एनएमबि डिबेन्चर २०८९/२०९०’ बिक्री खुला गरेको हो।

वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने सर्वसाधारणका लागि छुट्याइएको १६ लाख कित्तामध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएमा ४५ हजार बाँडफाँड गरिसकिएको छ। बाँकी कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ। यस ऋणपत्रको निष्कासन बन्द छिटोमा २४ गते र ढिलोमा वैशाख ५ गते बैंकिङ समयपछि हुनेछ।

यसमा लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com