राताम्मे सेयर बजार, १६.९३ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको दोस्रो दिन आज(सोमबार) सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ३५२.३७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।
कारोबारको आधारमा आज ३ करोड ७८ लाखभन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने हिमालयन दोलखा हाइड्रोपावर र हिमालयन डिस्टिलरी दोश्रो स्थानमा रहेका छन्।
आजको कारोबारमा विन नेपाल लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, इष्टर्न हाइड्रोपावर र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।