सोमबार सेयर बजारमा गिरावट, ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार

साताको दोश्रो दिन सोमबार सेयर बजार घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३३ अङ्कले घटेर ४०२.९८ बिन्दुमा पुगेको छ।
नेप्सेमा २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ भने दोस्रोमा हिमालयन उर्जा विकास कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
आजको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, युनाइटेड इदी मादी आरडी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।