२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

लगातार दोस्रो दिन पनि बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । लगातार रुपमा ओरालो लागिरहेको शेयर बजार बिहीबार पनि दोहोरो अंकले बढेको हो । अघिल्ल्लो दिन पनि शेयर बजार सामान्य अंकले बढेको थियो ।

हप्ताको कारोबार हुने अन्तिम दिन शेयर बजार ११ दशमलव ७३ अंकले बढेको हो । दोहोरो अंकले बढेको शेयर बजार परिसूचक १८५२ दशमलव ७७ विन्दुमा पुगेको छ । शेयर बजारमा कारोबार भएका १७५ कम्पनीको शेयर बजार मूल्य बढेसँगै समग्रमा बजारमा सुधार देखिएको हो ।

आज २९९ कम्पनीको शेयर ९५ लाख ५ हजार ६०८ कित्ता शेयर ५३ हजार १४६ पटक खरिद बिक्री भएका छन् । जसबाट २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ अंकले बढेर ३५२ दशमलव २८ विन्दुमा पुगेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com