२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सुन प्रकरणमा सत्तापक्षको नै संलग्नता रहेको छ : अध्यक्ष ओली

काठमाडौ, १७ साउन । सुन प्रकरणमा सत्तापक्षको नै संलग्नता रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २१औ स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा ओलीले तस्करीमा सरकारकै संलग्नता रहेको दाबी गरेका छन् । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्ने तर सरकारले भने १०० किलो सुन भित्र्याएको उनको भनाई छ ।

उनले भने,‘ आफुहरु सरकारमा छन्, १० दिन अगाडिदेखि आएको रहेछ, कुनै श्रोत कतैबाट खुल्यो र खपी नसक्नु थामी नसक्नु भएपछि गिरफ्तार भयो १०० किलो सुन, क्वीन्टल सुन आउँदो रहेछ । तपाईहरु जानुभयो भने के हुन्छ सियो पनि छिर्दैन । विदेशबाट आमालाई ल्याएको सिक्री खोस्छ तर क्वीन्टल सुन ल्याउँछ यो सरकारले ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com