२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको जानकारी दिए ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू महेश शर्मा पौडेल, सारंगा सुवेदी, सुनिलकुमार पोखरेल, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल तथा पोर्चुगलका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको संसदीय सुनुवाइका क्रममा उजुरी आह्वान गरिएको थियो ।

सो आह्वानअनुसार उनीहरुविरुद्ध परेका ११वटा उजुरी अध्ययनका लागि बिहीबार समिति सदस्यहरुलाई वितरण गरिएको हो । साथै सदस्यहरुलाई प्रस्तावित न्यायाधीश र राजदूतको कार्ययोजना पनि अध्ययनका निम्ति वितरण गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com