२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको अधिकांश सूचक ऋणात्मक

काठमाडौ, ३ असार । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिसम्मा ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले विद्युत बिक्रीको आम्दानीमा ३०.५९ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ १६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा रिजर्भ २७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी (ईपीएस) १६.१८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८.२१ रुपैयाँ रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com