२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्छ : रवि लामिछाने

काठमाडौ, २५ जेठ । सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिका रवि लामिछानेले बताएका छन् । आज आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने बताएका हुन् । अन्यथा केही दिनभित्रै लाखौं जनता सडकमा आउने स्थिति बन्ने उनले बताएका छन् ।

सांसद लामिछानेले सोही अवसरमा सरकारको कर नीति व्यवहारिक र आम नागरिकमैत्री नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले ९० वटा कर शीर्षकमा ६८ वटालाई समान २४ प्रतिशतले वृद्धि गरिनु र राजस्व सहजै उठ्छ भन्ठान्नु सरकारको गल्ती भएको उल्लेख गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com