हिमालयन र सिभिल बैंक मर्जर: फागुन १० गतेदेखि एकीकृत कारोबार

नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसंगै हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबारका लागि व्यवस्था तथा मिति तय गरेका छन्। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
मर्जर पछि आगामी फाल्गुन १० गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको भएको बैंकले जनाएको छ । दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियामा मर्जरमा जाने सहमति भएको हो । अर्थात्, सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८० कित्ता सेयर पाउने छन् ।
मर्जरपछि पनि हिमालयन बैंकको संचालक समिति नै रहने गरी सम्झौता भएको छ। सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोखरले रहने भएका छन्।
सिभिल बैङ्कका डेपुटी सीईओ सचिन रायमाझी र चिफ क्रेडिट अफिसर सुमन आचार्यसहित उच्च व्यवस्थापक तहका कर्मचारीहरुले भिआरएस सेवा अन्तर्गत अधितम २४ महिनासम्म सुविधा लिने भएका छन्।