नेपाल एसबिआइ बैंकको ऋणपत्र सूचीकरण खारेज

नेपाल एसबीआई बैंकको डिबेन्चरको सूचीकरण खारेज गरिएको छ । शुक्रबार परिपक्व भएको ‘८ प्रतिशत नेपाल एसबिआइ बैंक ऋणपत्र २०७९’ नामक ऋणपत्र नेप्सेको आइतबारको निर्णयद्वारा खारेज गरिएको हो ।
कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र माघ २२ गतेदेखि खारेज गरिएको हो ।
SBI bank