२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक छ : उपेन्द्र यादव

काठमाडौ, ८ साउन । नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा यादवले नेपाल जस्तो अल्पविकसित मुलुकको निर्वाचन प्रणाली विकसित पुँजीवादी देशहरुमा भन्दा महङ्गो बन्दै गएकाले यसलाई बदल्न आवश्यक भएको बताए ।

अध्यक्ष यादवले भने, निर्वाचन प्रणाली नेपाल जस्तो अल्पविकसित मुलुकमा विकसित पुँजीवादी देशहरुमा भन्दा महङ्गो प्रणालीले पनि राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । चुनाव लड्दा हुने खर्च पनि भ्रष्टाचार नै हो, यसकारण निर्वाचन प्रणालीलाई बदल्नु पर्छ ।

अहिलेको निर्वाचन प्रणाली धेरै महङ्गो र खर्चिलो छ । समाजवादको अवरोधको कुरा गर्ने हो भने, भ्रष्टाचार एउटा ठूलो बाधा हो । हामीले जुन व्यवस्था ल्याएको छौ, त्यो भ्रष्टाचारमै आधारित छ ।अध्यक्ष यादवले नेपालमा श्रम गरेर आफ्नो परिवार पाल्न सक्ने अवस्था नरहेको भन्दै भ्रष्टाचार तलदेखि माथिसम्म संस्थागत हुदैँ गएको बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com