२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ, १५ असोज । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज १५ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com