आज डलरको भाउ बढ्यो, युरो घट्यो

नेपाल राष्ट्र बैंकले आज(बिहिबार)को लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दरमा प्रति अमेरिकी डलर खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यस्तै आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ३२ पैसा तोकिएको छ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ। भने क्यानेडियन डलर भने एकको खरिदमा ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा ताेकिएकाे छ।