२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको छ : अर्थमन्त्री महत

काठमाडौं, १९ असार । नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आज अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने जिकिर गरेका छन् ।

अर्थमन्त्री डा. महतले भने ‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं,’ उनले भने । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ । यसो हुँदा आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com