२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

२५.४४ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोपावरको खुद नाफा

काठमाडौ, २६ साउन । सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पतिमा प्रतिफल  अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com