२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

राजनीतिक परिवर्तन भएपनि आर्थिक र सामाजिक रुपान्तरण भएन : अध्यक्ष नेपाल

काठमाडौं, ६ असोज । राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रुपान्तरणविना देशले विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रुपान्तरण विना देशले विकास गर्न सक्दैन् । हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौ । राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ । सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन् तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन् ।’

अध्यक्ष नेपालले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौति भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।‘हाम्रो देशमा अझै पनि ठूलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ । सामाजिम न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरुबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने। ’ उनले भने ‘सुखि नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यान जानु आवश्यक हुन्छ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com