यस्तो रह्यो आजको सुन-चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(सोमबार) को लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।