२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

हनुमानढोका दसैँघरमा विधिवतरूपमा राखियो जमरा

काठमाडौं, २८ असोज । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढाई पनि गरिएको छ ।

नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com