२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

अफगानिस्तानका सात प्रान्तमा भिषण बाढी, ६ जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौं, ३१ जेठ । अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ । सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन ।

तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनौ घाइते भएको बताए ।

बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौं पशुपंक्षी मारिएका छन् ।अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।

यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com