२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला

काठमाडौ, २४ जेठ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीका साविकका सेयरधनी कुष्णप्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्री गर्न संस्थामा निवेदन दिएअनुसार कम्पनीले उक्त सेयर बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरमा विद्यमान संस्थापक सेयर धनीको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक सेयर धनीले उक्त सेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ।

संस्थाको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडीसी लघुवित्तको केन्द्रीय कार्यालय बुटलमा गई आवेदन दिन सकिनेछ। समीक्षा अवधिमा विद्यमान सेयरधनीबाट उक्त सेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्री खुला हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com