२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

‘खल्ती’ डिजिटल वालेट र गुडविल फाईनान्स बिच सहकार्य

मोबाइल वालेट खल्ती र गुडविल फाईनान्स बिच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ। सम्झौता भएसँगै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू पाउने भएका छन्।

गुडविल फाईनान्सका प्रयोगकर्ताले सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न र भने गुडविल फाईनान्स खाता खल्ती संग लिंक गरि खल्ती लोड गरी आफ्नो खाताबाट भुक्तानी गर्न सकिने छ ।खल्ती प्रयोगकर्ताले अब गुडविल फाईनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ।

“वित्तीय समावेशीकरणको हाम्रो भिजन बलियो बनाउन हामी निरन्तर काम गरिरहेका छौं। हामीले विभिन्न वित्तीय संस्थाहरूसँग गरिरहेको साझेदारीले पक्कै पनि डिजिटल नेपालको अबधारणलाई साकार गर्ने कुरामा हामी बिश्वस्त छौं। यस सेवाले खल्ती प्रयोगकर्ता तथा गुडविल फाईनान्सका ग्राहकहरुले बिना कुनै झन्झट देश भरिका ६० हजार भन्दा बढी मर्चेन्टमा भुक्तानी तथा अन्य बित्तिय संस्था लाभान्वित हुनेछन्।”, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने।

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ्ग अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ। प्रयोगकर्ताले गुडविल फाईनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाईट टिकट बुकिङ्ग को भुक्तानी गरि यस अफरमा सहभागिता जनाउन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com