२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल बन्द

काठमाडौं । गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन । प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन् ।

प्यालेस्टिनी प्राधिकरणका स्वास्थ्य मन्त्री माई अल काइलाका अनुसार गाजाका ६० भन्दा बढी अस्पताल र चिकित्सा केन्द्रहरू अब सेवा बाहिर रहेको जनाएका हुन् ।

इन्धन र चिकित्सा आपूर्तिको अभावका साथै इजरायली बमबारीका कारण ३५ अस्पतालमध्ये १६ र ७२ मेडिकल सेन्टरमध्ये ५१ वटा सञ्चालनमा नआएको अल काइलाले बताए।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले १४ हजार विस्थापित मानिसहरूलाई आश्रय दिने अल कुड्स अस्पतालमा इन्धन अभावको असरको बारेमा चेतावनी दिँदै गाजामा सहायता र आपूर्तिहरू उपलब्ध गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य र राहत संस्थाहरूलाई तत्काल अपील गरेको छ।

ुअस्पतालको इन्धन भण्डार ४८ घण्टा भित्र सकिदैँछ र जीवन बचाउने उपकरण, नवजात शिशु इन्क्युबेटर र सघन हेरचाह एकाइहरू काम गर्न बन्द हुनेछन्,ु क्रिसेन्टले सोमबार एक विज्ञप्तिमा भनिसकेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com