२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

विजय लघुवित्तको १० हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको सो संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्री गर्न लागेको हो ।

संस्थाले शेयरधनी हरि प्रसाद सापकोटाको ४ हजार ५ सय ७० कित्ता र लुक बहादुर रानाको ५ हजार ४ सय ८० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

संस्थाले तोकिएको उक्त समय अवधिभित्र पनि उक्त शेयर खरिदका लागि कुनै आवेदन नपरेमा कम्पनीले अन्य संस्थाका व्यक्तिका लागि शेयर विक्री गर्ने जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com