२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

समीट लघुवित्तको लाभांशको घोषणा

समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

बोनसमा लाग्ने कर तिर्नको लागि ०.७१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। संस्थाले चुक्ता पूँजीको १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.७१ प्रतिशतले हुन आउने ३५ लाख २६ हजार ३१५.७९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com