२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

यी तिन कम्पनीको १ करोड २६ लाखबढी कित्ता बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ। यी तिनै कम्पनीको १ करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता सेयर सूचीकृत भएको हो।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

स्वरोजगार लघुवित्तको ११ लाख ३१ हजार १८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com