२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

ग्लोबल आइएमई डिबेन्च बाँडफाँट, कसले कति पाए?

ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर” बाँडफाँट भएको छ । बैंकले ५ वर्षे अवधिका लागि जारी गरेको ऋणपत्र बाँडफाँट भएको हो ।

बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको थियो । प्रति शेयर रु.१००० अङ्कित दरको ५० लाख कित्ता डिबेन्चरहरु मध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि मिति २०७९/१०/२९ देखि २०७९/११/०५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

निष्काशन तथा बिक्री प्रबन्धक स्नराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । ब्यक्तिगत तवरबाट बिक्री गरिएको ऋणपत्रमा २३ जनाले ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन दिएका थिए । जुन मागभन्दा १.७४ गुण बढी हो । आवेदन दिएकाहरुलाई समान रुपमा ३० लाख कित्ता वितरण गरिएको छ ।

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com