नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार केहि मात्रामा घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ बिन्दुमा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.११ अङ्कले घटेर ४१३.१३ बिन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा समृद्धि फाइनान्स अग्रिम स्थानमा छ । यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ७ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ।