२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

आजको विनिमय दर : डलरसँगै युरोकाे भाउ पनि वृद्धि

नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा तोकिएको छ । युरोपियन युरो पनि १ रुपैयाँ २२ पैसाले उकालो लागेर यसको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १२९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ २५ पैसा तोकिएको थियो । त्यस्तै सोमबार युरोपियन युरोको खदिदर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५९ पैसा र बिक्रीमा १० रुपैयाँ ६४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६० पैसा र बिक्रीमा १६ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६६ पैसा भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com