२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ११
Tue Apr, 2024

सामान्य अंकले घट्यो शेयर बजार

काठमाडौँ । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से २ दशमलव १७ अंकले घटेर १,८९४ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको मुल्य घटेको छ ।

आज २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सोल्टी होटल्सको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । ताराँगाउँ रेजेन्सीका लगानीकर्ताले ८ दशलमव २४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज ५ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com