२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

बुधबार नेप्से परिसूचक २४.४४ अंकले घट्यो

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजारमा घटेको छ । बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ।

नेप्सेमा कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको तामाकोशी हाइड्रोपावर अग्रिम स्थान रहेको छ।

त्यस्तै, दोस्रोमा शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ । बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ।

कारोबारमा अत्यधिक कमौनेमा आदर्श लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ता छन् भने अत्यधिक गुमाउनेमा बोटलर्स नेपाल (तराई) र सिवाईसी नेपालका लगानीकर्ता रहेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com