सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनीलाई लाभांश

सांग्रिला डेभलपमेन्ट बैंकको आज(शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजी ३ अर्व १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर र ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद वितरण गर्नेछ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।