२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

बीपीडब्लु लघुवित्तको साधारण सभा २६ असारमा बस्ने

काठमाडौ, ४ असार । बीपीडब्लु लघुवित्तले २६ असारमा वार्षिक साधारण सभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सर्वसाधारण सेयरधनीहरु मध्येबाट दुईजना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले १२ असारदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, ११ असारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com