२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौ, २० साउन । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रवारबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com