२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आजको विदेशी मुद्राको विनिमयदर, डलरकाे भाउ १३२ बढी

काठमाडौ, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०२ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिददर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

लायती पाउण्ड एकको खरिददर १६५ रूपैयाँ २३ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ६७  पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३४ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसामा काराेबार हुदाँ दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ र बिक्रीदर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.४४ रुपैयाँमा काराेबार हुनेछ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३१ पैसा  विक्रीदर ४३१.२५ पैसामा काराेबार हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com