२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु

काठमाडौ, २० असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

रावाको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘आरएडब्लुए’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

यता, मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार पनि हुनेछ । यसको चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ तोकिएको थियो । ‘एमइएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com