आजको सुनचाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(आइतबार) का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।