२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

अर्थमन्त्री महत क्यानडा प्रस्थान, जीईएफ सभामा भाग लिने

काठमाडौं, ४ भदौं । अर्थमन्त्री डा.प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार राती ९ः३० बजे क्यानडा प्रस्थान गरेका हुन् ।

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।

यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन् । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर आवसीय नेपाली र अन्य दातृ निकायहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्ने छन् ।

यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com