२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

भारतले नेपाललाई दियो दुई सय तीन रनको लक्ष्य

काठमाडौं, १६ असोज । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिइको हो ।प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो ।सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेको छ । जुन खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट सुरु भएको हो ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारतबीच प्रतिस्पर्धा भइरहेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com