२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

कृषि कार्यालयका कर्मचारीले किसानको होइन पार्टीको काम गर्छन् : सांसद शाही

काठमाडौ, ३१ असार । कृषि कार्यालयका कर्मचारीले किसानका काम नगरी दलको निर्देशनमा काम गर्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको भनाई छ । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दे उनले जिल्ला जिल्लामा भएका कृषि कार्यालय पार्टीको काम गर्ने गरेको जिकिर गरेका हुँन् ।

सांसद शाही भने ‘जिल्ला जिल्लामा कृषि कार्यालय छन् । ती कृषि कार्यालयले कृषिको काम गर्दैनन् । पार्टीको काम गर्छन । मेरो जुम्लामा त कतिसम्म छ भने अस्ति चार पाँच वटा स्याउका बुटा लगाएको १७ लाख भन्दाबढी सरकारबाट राहत पाएको छ । यहीबाट राहत मिलाएर लगिन्छ । ’

त्यस्तै सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनले आपत्ति जनाएका छन् । सहकारीहरुले जनताको पैसा लुटेको उनको आरोप छ । ‘जनताको पैसा उठायो । सहकारीमा राख्यो । लुट्यो । कति आनन्द हेर्नुस् त । तिनिहरुलाई कारवाही गर्ने कि नगर्ने ?’ उनले भने ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com