२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं, ३० असार । शुक्रबारबाट प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी एक भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

यस्तै, कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रभु लाइफको बोनस सेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ ।

यता, एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते २ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएका छन् । यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com