२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउँदै

काठमाडौ, २५ असार । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् । कम्पनीले हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर १ सयअंकित मूल्यमा १ः०।६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com