२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

नेसनल हाइड्रोपावर २ करोड २९ लाख रुपैयाँ घाटामा

नेसनल हाइड्रोपावर कम्पनीको आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार कम्पनि २ करोड २९ लाख रुपैयाँ घाटामा गएको छ।

गत वर्ष यही अवधिमा ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनी अहिले घाटामा गएको हो।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी १९.४१ प्रतिशतले घटेर २ करोड ९१ लाख रुपैयाँ समिति भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यो तेश्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ लाख ३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ४४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा खुद नाफा घटेसंगै वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.५९ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३.१५ रुपैयाँ रहेको थियो। मूल्य आम्दानी अनुपात ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४१ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com