२०८१ बैशाख २२ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २२
Sat May, 2024

सेयर बजारमा सामान्य गिरावट

काठमाडौ, १० साउन । सेयर बजारको गिरावट आज पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।

यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर आज भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ ।

यस दिन २६० कम्पनीको ७३ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com