कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर आज (शुक्रबार)देखि बिक्री खुला भएको छ। संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको हो।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनुपर्नेछ।
सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने र तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।