सनराइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड : यसरी हेर्नुहोस् नतिजा

सनराइज फोकस्ड इक्विटी फण्ड योजना बाँडफाँड भएको छ । गत माघ १० गतेदेखि २४ गतेसम्म निष्काशन भएको सो फण्ड शुक्रबार बाँडफाँड भएको हो ।
सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि २०७९ माघ १० देखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको हो।
इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक २९ हजार ९०३ वटा आवेदनहरु परेको थियो । १० करोड इकाई खरिदका लागि आवेदन परेकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको जनाएको छ ।
प्राप्त आवेदनमा आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम २०७९ माघ २७ गते बाँडफाँड गरीएको हो । सन्राइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब कायम गरिएको छ ।
बाँडफाँड गरिएको इकाईको नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेबसाईट बाट हेर्न सकिन्छ ।