१२.१५ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक १२.१५ अंकले घटेर २०७०.४१ विन्दुमा झरेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६८ करोड ४९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपि पावर र न्याग्दी ग्रुप पावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा सानिमा लार्ज क्याप फण्ड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिलिभर नेपाल र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।