नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश वितरण गर्दै

नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कोषको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १.३१५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।