यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दर अनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ १३ पैसा र बिक्रीमा ९० रूपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०७ पैसा र युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रूपैयाँ २७ पैसा कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७९ पैसा र विक्रीमा १० रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा र साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३६ पैसा रहेको छ।